नियम २९
सर्भेयरको इजाजतपत्र नवीकरण सम्बन्धी व्यवस्था
(१) सर्भेयरले आफ्नो इजाजतपत्र नवीकरण गराउनको लागि ऐनको दफा ३१ को उपदफा (१) बमोजिमको म्यादभित्र नवीकरण दस्तूर बापत “क” वर्गको इजाजतपत्र भए बाह्र हजार रुपैयाँ “ख” वर्गको इजाजतपत्र भए नौ हजार रुपैयाँ र “ग” वर्गको इजाजतपत्र भए सात हजार रुपैयाँ र “घ” वर्गको इजाजतपत्र भए पाँच हजार रुपैयाँ समेत संलग्न राखी अनुसूची–१५ बमोजिमको ढाँचामा समितिको कार्यालयमा निवेदन दिनु पर्नेछ । यसरी निवेदन प्राप्त भएमा समितिले त्यस्तो सर्भेयरको इजाजतपत्र नवीकरण गरी दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र कुनै सर्भेयरले आफ्नो इजाजतपत्र नवीकरणको लागि निवेदन दिन नसकेको कारण खुलाई समितिको कार्यालयमा निवेदन दिएमा सो कारण मुनासिव देखिएमा समितिले नवीकरणको म्याद नाघेको पहिलो दुई महिनासम्मको लागि पाँच सय रुपैयाँ र त्यस पछिको चार महिनासम्मको लागि प्रति दिन पचास रुपैयाँ थप दस्तूर लिई त्यस्तो इजाजतपत्र नवीकरण गरिदिन सक्नेछ ।